टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 428 पटक हेरिएको

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी-२० विश्वकप विजेता भारतीय टोलीका सदस्यहरूलाई पुरस्कार घोषणा गरेको छ ।

बार्बाडोसमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० प्रतियोगिताको उपाधि जितेको हो ।

रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको छ । भारतीय टोलीको यो ११ वर्षमा पहिलो आईसीसी उपाधि हो ।

बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप जित्ने टोलीलाई १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

जय शाहले एक्समा लेखेका छन्, ‘आईसीसी पुरुष टी-२० विश्वकप २०२४ को विजेता भारतीय टोलीका लागि १२५ करोड रुपैयाँको पुरस्कार राशि घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले प्रतियोगिताभर असाधारण प्रतिभा, दृढ संकल्प र कौशल प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey