लुम्बिनीलाई हराउँदै गण्डकी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 611 पटक हेरिएको

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि गण्डकी प्रदेशले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

गण्डकीले पहिलो २५-१५ ले आफ्नो पक्षमा पर्दा दोस्रो सेट २०-२५ ले गुमाएको थियो। त्यसपछि बाँकी दुई सेट २५-२० र २५-१८ ले आफ्नो पक्षमा पर्दै च्याम्पियन बनेको हो।

उपाधिसँगै गण्डकीले नगद तीन लाख प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाखमा चित्त बुझायो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal