लुम्बिनी समूह विजेतका रूपमा सेमिफाइनल प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१२
  • |
  • 333 पटक हेरिएको

काठमाडौं । सहाना प्रधान स्मृति यु १९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लुम्बिनी प्रदेश समूह विजेत बन्दै सेमिफाइनल प्रवेश गरेको छ।  

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार लुम्बिनीले गण्डकी प्रदेशलाई ३(० को सोझो सेटमा पराजित गर्यो।

लुम्बिनीले खेल २५-१७ २५-२१, २५-२१ ले आफ्नो पक्षमा पार्यो।

जितसँगै समूह ‘बी’को लुम्बिनीले दुई खेलमा चार अंक जोड्यो। हारका बाबजुत गण्डकी पनि समान खेलबाट तीन अंकका साथ उपविजेताका रूपमा अगाडि सेमिफाइनलमा पुगेको छ। कोशी भने बाहिरिएको छ।

पहिलो खेलमा लुम्बिनी कोशीसँग ३-१ को सेटमा पराजित हुँदा गण्डकीले कोशीलाई ३-० को सेटमा पराजित गरेको थियो । पुरुषतर्फ नै समूह ‘ए’ बाट बागमती र सुदूरपश्चिमले सेमिफाइनलको यात्रा तय गरेका छन्।

यसैगरी महिलातर्फ पनि सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट बागमती र गण्डकी तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशीले सेमिफाइनल यात्रा तय गरे।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey