सुदूरपश्चिम तेस्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१५
  • |
  • 308 पटक हेरिएको

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

सुदूरपश्चिमले सुरुआती दुई सेट २५-१९, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २५-२१ ले जित्दै सुदूरपश्चिम तेस्रो हुन सफल भयो।

सेमिफाइनलमा सुदूरपश्चिम गण्डकी तथा बागमती लुम्बिनी प्रदेशसँग पराजित भएका थिए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey