इंग्ल्यान्ड दश विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०९
  • |
  • 896 पटक हेरिएको

काठमाडौं । आइसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई इंग्ल्यान्डले १० विकेटले पराजित गरेको छ।

अमेरिकाले दिएकाे ११६ रनकाे लक्ष्य इंग्ल्यान्डले ९‌.४ ओभरमा विना विकेटकाे क्षतिमा पूरा गर्याे। 

इंग्ल्यान्डकाे जितमा जोसे बटलर ८३ रनको आक्रमक पारी खेले। बट्लरले मात्र ३८ बलमा ८३ रन जोडेका हुन्। उनले यस क्रममा छ चौका र सात छक्का प्रहार गरे। उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड। जितसँगै इंग्ल्यान्डले सुपर आठको समूह २ बाट टोली टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका इंग्ल्यान्डसामु मात्र ११५ रनमा सीमित बनेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey