शरदचन्द्र शाह फाउण्डेसनबाट बैकुण्ठ मानन्धर र एरिका गुरुङ सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०९
  • |
  • 438 पटक हेरिएको

काठमाडौं । शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनले पहिलो पहिलो पटक आयोजना गरको एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ बाट कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र  सम्मानित भएका छन् ।

फाउण्डेसनले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुई खेलाडीलाई अवार्ड सहित सम्मानित गरेको हो ।

फाउण्डेसनले एक पुराना र एक नयाँ खेलाडीलाईलाई एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ बाट सम्मान गरेको हो ।

मानन्धर गुरुङलाई अवार्डसहित नगद २ लाख ५० हजार सम्मानपत्र प्रदान गरिएको थियो ।

मानन्धरले म्याराथनमा दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण जितेका थिए  साथै उनले सागमा म्याराथनमा नेपालबाट कीर्तिमान समेत राखेका छन् ।

करातेकी नयाँ स्टारको रुमा उदाएकी एरिका गुरुङले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा करातेमा ऐतिहासिक रजत जितेकी थिईन् ।

फाउण्डेसनका अध्यक्ष रेनु शाह र मिहिका शाहले मानन्धर र गुरुङलाई अवार्ड प्रदान गरे ।

दुवैलाई सम्मान पत्र र अवार्डसहित नगद २ लाख ५० हजार प्रदान गरिएको थियो ।

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरदचन्द्र शाहाको सम्झनामा उनका परिवारहरूद्वारा  २०२० नोभेम्बरमा स्थापना गरिएको हो। शरदचन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन । उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली  पनि हुन् । 

२०३४ देखि२०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका शाह नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार मानिन्नछन् ।  

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey