नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले १० औँ स्थापना दिवस भव्य रूपमा मनाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 780 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले १० औँ स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा बिहीबार काठमाडौँमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्ययतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिए । गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ ।  २०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

यस्तै, शुक्रवारदेखि नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा १९ गते सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता भव्य र सभ्य रूपमा सफल पार्न सङ्घका केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका साथै आ–आफ्नो तर्फबाट यथाशक्य सहयोग पनि निर्णय गरिएको छ । 

बुद्धिचाल प्रतियोगिताका दौरान नेपाल बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य स्वर्गीय राजेश हरि जोशीलाई मरणोप्रान्त र टेबल टेनिसका संस्थापक प्रशिक्षक एवं पूर्व मुख्य प्रशिक्षक रमेश राज जोशीलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ । 

कार्यसम्पादन समितिले लोकतान्त्रिक सङ्घको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जस अनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्ने गरी तालिका पारित गरेको हो । जस अनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छ भने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ । त्यस्तै, असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेश सभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी प्रदेश अधिवेशनका लागि मङ्सिर ३० सम्मको समय तोकिएको छ भने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey