मनोहराले गोलबजारलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 347 पटक हेरिएको

काठमाडौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा मनोहरा युनाइटेड यूथ क्लबले जित हासिल गरेको छ। 

एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार सम्पन्न खेलमा मनोहराले गोलबजार  स्पोर्टस क्लबलाई २-१ ले पराजित गरेको हो। 

मनोहराको जितमा आविष्कार खड्का र उत्तम शाहीले १/१ गोल गरे। यता, गोलबजारको लागि विश्वास राईले गरेको गोल सान्त्वना बन्यो। 

खेलको १८औँ मिनेटमा आविष्कारको पेनाल्टी गोलबाट शुरूआती अग्रता बनाएको मनोहराको लागि ५०औँ मिनेटमा उत्तमले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए। 

तर, खेलको ६०औँ मिनेटमा गोलबजारको लागि विश्वासले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए। 

त्यसपछि बाँकी समय थप गोल नहुँदा मनोहरा विजयी भयो। 

जितसँगै ३ खेलबाट ६ अंकसहित दोस्रो जित हासिल गरेको छ। समान खेलबाट २ पराजय बेहोरेको गोलबजार १ अंकसहित पुछारमा रहेको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey