भारतले २ वटा क्रिकेट स्टेडियम बनाइदिने !

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१७
  • |
  • 28317 पटक हेरिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला नेपालको खेलकुद पूर्वाधारका विषयमा पनि सम्झौता हुने बुझिएको छ । चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज दिउँसो नयाँ दिल्ली पुगिसकेका छन् । 

भारतीय समकक्षी नरेन्द्र मोदीसँग विहीबार हैदरावाद हाउसमा भेटवार्ता हुने छ । समग्र चार दिने भ्रमणका विषयमा नेपाली प्रतनिधि मण्डलले विभिन्न एजेण्डाहरुमा छलफल गर्दा नेपालको खेल पूर्वाधारको  विषयले पनि प्रवेश पाउने बताइएको छ ।

कैलाली र चितवनमा अन्तर्राष्ट्रियस्तरको रंगशाला भारतले बनाउँछ : प्रधानमन्त्री प्रचण्ड 

त्यसका लागि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द पवनि भ्रमण टोलीमा समावेश भएका छन् । आईपीएलको फाइनलका लागि गएका चन्द नयाँ दिल्ली पुगेर नेपाली भ्रमणदलको टोलीमा समावेश भएका हुन् ।

भारतसँग प्रधानमन्त्रीका भ्रमणका बेला क्रिकेट पूर्वाधारका लागि सम्झौता हुन सक्ने अध्यक्ष चन्दले नेप्लेजलाई बताए । नयाँ दिल्लीबाट कुरा गर्दै चन्दले क्रिकेट पूर्वाधारका लागि छलफल भएको र यसमा सम्झौता हुने बताए ।

नेपालले काठमाडौंमा एउटा र सुदूरपश्चिममा एउटा रंगशालाका लागि प्रस्ताव गर्ने तयारी गरेको छ । काठमाडौंमा मूलपानी वा कीर्तिपुरको पूर्वाधारमा भारतको चासो रहेको बुझिएको छ । दुई मध्य एक ठाउँमा फ्लर्ड लाइटसहितको पूर्वाधार निर्माणका लागि भारतले चासो दिएको छ । यसैगरी सुदूरपश्चिमको फाप्ला क्रिकेट मैदान बनाइदिने विषयमा पनि भारत सकारात्मक रहेको बुझिएको छ । 

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : खेलकुद मन्त्री अथक 

फेरि सपना देख्न थाल्याे 'ड्रिम फाप्ला' परियाेजनाले !

तीन वर्षदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा छुट्याइएकाे १८ कराेड रूपैयाँ फ्रिज

कतै मुलपानी जस्तै त हुने हाेइन धनगढीकाे फाप्ला क्रिकेट मैदान ?

फाप्ला मैदान चार बर्षमा अन्तर्राष्ट्रिय स्तरकाे बन्ने, पहिलाे चरणमा ११ कराेड बजेट

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey