कतै मुलपानी जस्तै त हुने हाेइन धनगढीकाे फाप्ला क्रिकेट मैदान ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१५
  • |
  • 386 पटक हेरिएको

सुदूरपश्चिम सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबनाउने भनेर प्रदेश गौरवको आयोजनामा राखेको तीनवर्ष बितिसक्दापनिकाम अघि बढ्न सकेको छैन ।

विगत दुई वर्ष देखि जग्गा प्राप्तिको प्रक्रियामै अल्झिएको रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्ने छाँटकाँट नदेखिएपछि स्थानीयले समेत निराशाव्यक्त गरेका छन् । विगतदुई वर्षयता सरकारले आफै छुट्ट्याउँदै आएको बजेट समेत कार्यान्वयन गर्न नसकेर फ्रिजहुँदै आएको छ । जसको फलस्वरूप अहिले उक्त मैदान गौचरनमा परिणत भएको छ ।

क्रिकेटको सहरको उपनाम पाएको धनगढीमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने आशा जागेपछि तीन वर्ष अघि यहाँका स्थानीय उत्साहित बनेकाथिए । क्रिकेटको मोहमा झुमेको धनगढीमा क्रिकेट प्रेमीहरूको अगुवाइमा फाप्लालाई सुविधा सम्पन्न रङ्गशाला बनाउन दबाब सिर्जना भएपछि सरकारले समेत सुरुवातमा चासो व्यक्त गरेको थियो । तर अहिले आएर प्रदेश सरकारले कुनै चासो नै नदिएको भन्दै स्थानीयले निराशाव्यक्त गरेका हुन् ।

धनगढी क्रिक्रेट एकेडेमीले फाप्लाको स्तरोन्नतिकालागी भन्दै धनगढी प्रिमियर लिग समेत अस्थायी संरचनामा लाखौँ रकम खर्चेर फाप्लामै सञ्चालन गर्दै आएको छ । तर तीन वर्षदेखि जग्गा प्राप्तिको प्रक्रियामा अल्झिएको परियोजनामा अहिले सरकारको उदासिनता देखिएको धनगढी एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

सुरुमा सामुदायिक वनको जमिन भनेर विवादित भएपछि काममा ढिलाइ भएको सरकारको भनाई छ । तर अहिले उक्त जमिन सरकारी नै भएको र अव चाडैं रङ्गशालानिर्माणले गतिलिने स्थानीय सरकारी प्रतिनिधीको भनाई छ ।

सरकारी उदासीनताले गत दुई वर्षमा फाप्लाका लागि छुट्टाएको ५ करोड बढी बजेट फ्रिज गएको छ । चालू आर्थिक वर्षको एक करोड बजेट कार्यान्वयनकालागि समेत हालसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । क्रिकेट खेलाडी र खेलकालागि ठुलो योगदान पु¥याएको सुदूरपश्चिममा संरचना निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने यहाँका स्थानीयको दबाब छ ।

याे सिजनमा डीपीएलपनि नहुने भइसकेकाे छ । अब अर्काे संस्करण गर्दा डीपीएल रातिकाे समयमा पाे गराउनेकी भन्नेपनि याेजना एकेडेमीकाे छ । तर संरचना नै नभए कसरी प्रतियाेगिता गर्न सकिएला र ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey