फाप्ला मैदान चार बर्षमा अन्तर्राष्ट्रिय स्तरकाे बन्ने, पहिलाे चरणमा ११ कराेड बजेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-११
  • |
  • 402 पटक हेरिएको

सिटी अफ क्रिकेट भन्ने पहिचान बनाउदै गरेको धनगढीका रहेको फाप्ला क्रिकेट मैदानलाई चार बर्षमा अन्तराष्ट्रिय स्तरको बनाउने प्रदेश सातका अर्थमन्त्री झपट बोहराले बताएका छन ।

बोडीडाँडा स्थित फाप्ला मैदानलाई अन्तराष्ट्रिय स्तरको खेलकुद भेन्यु बनाउनका लागि त्यसको तयारी सुरु भइसकेको बताए । साथै उनले प्रदेश सरकारले मैदानका लागि ५ करोड र संघिय सरकारले ६ करोड रुपैया छुट्याइसकेको जानकारी दिए। अहिलेको आधारभूत कामका लागि यो बजेट प्रयाप्त भएको र यसले काम अगाडी बढ्ने भन्दै आगामी दिनमा मैदानमा बजेट थप्दै जाने उनले बताए ।

सरकारको खर्चले नपुगे पब्लिक प्राइबेट पार्टनर सिपबाट पनि यो मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने दावी उनले गरे । करिव ५ बर्ष अगाडी फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान बनाउने भनेर कम्मर कसेपनि विभिन्न विवाद र अवरोधका कारण अहिलेसम्म खेल्न योग्य भएको छ । तर यसमा अझै पनि धेरै पुर्वाधार थप्न बाँकी छ । यो मैदान कस्तो हुने भनेर थ्री डी मोडल तयार पारिसकिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey