फेरि सपना देख्न थाल्याे 'ड्रिम फाप्ला' परियाेजनाले !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-१०-२४
  • |
  • 1854 पटक हेरिएको

हाइलाइट्स

  • सरकारले ३८ विघा जग्गा उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

नेपालमा क्रिकेटको शहर भनेर परिचय बनाएको धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानको काम पछिल्लो पटक लगभग बन्द जस्तै छ । 

सो क्रिकेट रंगशाला निर्माणका लागि स्थानीय सरकारले छुट्याएको करिव ४० करोड रुपैयाँ फ्रिज भइसकेको छ । स्थानीय सरकारले पछिल्लो पटक सो क्रिकेट रंगशालालाई त्यति चासो नदिएको अवस्थामा काग्रेश नेतृ आरजु राणा देउवाको पहलमा अब सो रंगशालाको काम फेरि सुरु हुने भएको छ । 

राणको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बनाउने निर्णय गरेका हुन । यसले फेरि सुदुरपश्चिमबासीलाई उत्साह थप्ने काम भएको छ । 

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । 

केहि महिना अगाडी महिला प्रधानमन्त्री कपको समेत आयोजना भएको सो मैदानमा विभिन्न समयका क्रिकेट प्रतियोगिता भइसकेका छन । जसमा धनगढी प्रिमियर लिगपनि अन्तिम पटक सोहि मैदानमा गरिएको थियो । 

तर अब उच्चस्तरबाट नै सो रंगशाला निर्माणका लागि पहल भएपछि भने ड्रिम फाप्लाको परियोजनाले साकार रुप लिने विश्वास गरिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey