सन्दीप विनाको जिम्बाबे यात्रा कल्पना गर्न सक्दैनौं : अध्यक्ष चन्द 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०६
  • |
  • 3780 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने विनाको नेपाली क्रिकेट टिम कल्पना गर्न नसकिने बताएका छन् । 

नेपाली क्रिकेट टिममा कमब्याक भएपछि सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण अहिले यो उपलव्धी हासिल गरिको बताउँदै अध्यक्ष चन्दले नेप्लेजसँग भने ‘नेपाली टिमका सवै खेलाडीहरु एकदमै महत्वपूर्ण छन्, सबैको योगदान बराबर छ, सँगसँगै सन्दीपको योगदानलाई अबमूल्यन गर्न हुँदैन् ।’ 

सन्दीपको पेशी आइतबार पनि स्थगित भए के हुन्छ ?

फौजदारी अभियोग लागेपछि ९९ दिन जेल बसेका सन्दीप रिहा भएपछि उनै अध्यक्ष चन्दले जसरी पनि टिममा समावेश गर्नुपर्छ भन्ने अडान लिएका थिए । पछि छनोट चरण पार गरेर सन्दीपले आईसीसी विश्वकप लिग टू खेले । उनी जेलमा बस्दा नेपाली टिमले नामेवियामा गरेको प्रर्दशन स्मरण गर्दै अध्यक्ष चन्दले त्यसपछिका खेलमा सन्दीपको उपस्थिीतिले सम्भव भएको बताए ।

आईसीसी विश्वकप लिग टू र एसीसी प्रिमियर कपमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई  जिम्बाबे लिएर जाने गरी क्यानले तयारी गरिसकेको पनि अध्यक्ष चन्दले बताए ।

तर, उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा रहेको मुद्दाका कारण उनको जिम्बाबे यात्रा अन्योलमा रहेको स्वीकार गर्दै अदालतमा पेशी सर्दै जाने हो भने उनको यात्रा अनिश्चित रहने बताए । उनले भने ‘सन्दीप विनाको आगामी खेलहरुको कल्पना गर्न हामीलाई गाह्रो छ । हाम्रो आग्रह भनेको अदालतले चाँडो भन्दा चाँडो मुद्दा किनारा लगाओस ताकि हामीले पनि  आफ्नो हिसावले तयारी गर्न सकौं ।’ 

सन्दीप विरुद्धको मुद्दाको आइतबार भोलि काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । अहिलेसम्म पछिल्ला २ वटा पेशी अघि बढ्न नसक्दा आइतबारको पनि के हुने अन्योल रहेकाले सन्दीपको जिम्बाबे यात्रामा पनि संशय बढ्न थालेको छ । 

सन्दीप अहिले एक दिवसीय वरियतामा बलिङ तर्फ १९ औं स्थानमा रहेका खेलाडी हुन् भने सर्वाधिक कम खेलबाट १०० विकेट पूरा गर्ने क्रिकेटरको रेकर्ड पनि उनकै नाममा छ । एकदिवसीय वरियता जोगाउँदा होस वा नेपाललाई एसियाकपमा छनोट गराउँदा सन्दीपको प्रर्दशन उत्कृष्ट रहेको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey