स्पेनीस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि रोमाञ्चक जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।
भ्यालेन्सियाको मैदानमा भएको खेलमा रियलले घरेलु टिमलाई दुई एक गोलले हरायो ।
त्यसोत रियलले भ्यालेन्सियाको एक गोलको अग्रतालाई उल्टएको हो । खेलको अन्त्यतिर दुई मिनेटमा दुई गोल गरेपछि रियलले रोमाञ्चक जित निकाल्न सफल भयो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ६६ औं मिनेटमा हुगो डुरोको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो ।
८६ औं मिनेटमा भिनिसियस जुनियरले करिम बेन्जिमाको पासमा गोल गरेपछि रियलले खेल बराबरी गर्न सफल भयो ।
त्यसको दुई मिनेटमा भिसिनियस जुनियरको पासमा केरिम बेन्जिमाले गोल गर्दैै टिमलाई महत्वुपुर्ण दुई एकको अग्रता दिलाए ।
त्यसपछि भ्यालेन्सिया खेलमा फर्कन सकेन र रियलले चौथो जित निकाल्यो ।
यो जितपछि उसको पाँच खेलमा १३ अंक भएको छ । भ्यालेन्सियाको समान खेलमा १० अंक छ । दोस्रो स्थानका एट्लेटिकोको ११ अंक छ ।