ला लिगाकाे उपाधिकाे निर्णय अन्तिम खेलबाट हुने

  • Image नेप्लेज
  • ३ जेठ २०७८, सोमवार
  • 713 पटक हेरिएको
ला लिगाकाे उपाधिकाे निर्णय अन्तिम खेलबाट हुने

स्पेनीस ला लिगाको उपाधिको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । एट्लेटिको मड्रिड र रियलले आफ्नो खेल जितेपछि ला लिगाको उपाधिको छिनोफोना अन्तिम खेलमा पुगेको छ ।

एट्लेटिकोले ओसासुनाको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७५ औं मिनेटमा ओसासुनाले बुढिमिरको गोलमा अग्रता बनाएको थियो । उनले रुबेन गार्सियोको पासको सदुपयोग गरेका थिए ।

तर त्यसपछि ६ मिनेटमा एट्लेटिकोले दुई गोल फर्कायो । खेलको ८२ औं मिनेटमा रेनन लोडीले जाओ फेलिक्सको पासमा गोल गर्दै खेल एक एकको अवस्थामा पुर्याए ।

त्यसपछि ८८ औं मिनेटमा यसै सिजन एट्लेटिकोमा अनुबन्ध भएका लुइस स्वारेजले गोल गर्दै टिमलाई जित सुनिश्चित गरे ।

अर्को खेलमा रियल मड्रिडले एथ्लेटिक क्लवलाई एक शुन्यले हरायो । यो जितेले रियलकाे उपाधि हाेड कायमै रहेकाे छ । य

विल्बाओमा भएको खेलमा रियलले एथ्लेटिक क्लवलाई एक शुन्यले हरायो । उसको जितमा एकमात्र गोल नाचोले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ६८ औं मिनेटमा नाचोले कासेमेरोको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले खेल एक शुन्यको झिनो अन्तरले जित्यो ।

यो जितपछि एट्लेटिको लिगको शिर्ष स्थानमा नै यथावत छ । अब लिगको अन्तिम खेलमा यदि रियल र एट्लेटिको दुबै बराबरीमा रोकिएको खण्डमा एट्लेटिको च्याम्पियन बन्नेछ ।

यता रियल र एट्लेटिको दुबै पराजित भएको खण्डमापनि एट्लेटिकोले नै बाजी मार्नेछ । तर यदि रियल जितेमा र एट्लेटिको हारेमा वा बराबरीमा रोकिएको खण्डमा हेड टु हेडको नियम लागु हुनेछ ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment