इटालीयन ओपन टेनिसकाे उपाधि नाडालले जिते

  • Image नेप्लेज
  • २ जेठ २०७८, आइतवार
  • 683 पटक हेरिएको
इटालीयन ओपन टेनिसकाे उपाधि नाडालले जिते

विश्व नम्वर एक नोभाक जोकोभिचलाई हराउँदै रफालय नाडालले इटालीयन ओपन टेनिसको उपाधि जितेका छन ।

क्ले कोर्टका बादशाह मानिने नाडालले जोकोभिचलाई दुई एकको सेटमा हराउँदै १० औ पटक इटालीयन ओपनको उपाििध जित्न सफल भए ।

रोममा भएको फाइनलमा नाडालले जोकोभिचलाई ७–५, १–६ र ६–३ को सेटमा हराए । फ्रेन्च ओपनको तयारीका रुपमा रहेको यो प्रतियोगिताको उपाधिसँगै नाडालले सो ग्राण्डस्लामका लागि मनोबल उच्च भएको छ ।

नाडालले जोकोभिचविरुद्ध पहिलो सेट टाइब्रेकरमा सात पाँचले जितेका थिए । तर दोस्रो सेटमा नाडालले एक छ ले हार्न पुगे । तेस्रो तथा अन्तिम सेटमा कमब्याक गर्दै नाडालले छ तीनले आफ्नो पक्षमा पारे ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment