प्रिंमियर लिगमा लिभरपुलले रेलिगेसनमा परिसकेको वेष्ट ब्रुममाथि दुई एकको कठिन जित निकालेको छ । लिभरपुलको जितमा गोलकिपर एलिसोन बेकरको अन्तिम मिनेटमा गरेको गोल नै संजिवनि बुटिक बन्यो ।
घरेलु मैदानमा वेष्ट ब्रुमले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १५ औं मिनेटमा म्याथ्युस परेराको पासमा रोबसोन कानुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर खेलको ३३ औं मिनेटमा लिभरपुलले खेल एक एकको अवस्थामा पुर्यायो । साडीयो मानेको पासमा मोहम्मद सलाहले गोल गरे । यो सिजनमा सलाहको यो ३१ औं गोल हो । उसले गोल्डेन बुटको दावेदारमा मोहम्मद सलाहसँग बराबरी गरेका छन ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो । उसका साडियो मानेले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा वेष्ट ब्रुमका बार्टलीले गोल गरेपनि त्यसलाई अफसाइड नै घोषित गरियो । खेलको ७८ औं मिनेटमा लिभरपुलका फेरमिन्होले २५ यार्डबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसपछि ८० औं मिनेटमा थिएगो अलकान्त्राको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

तर खेलको इन्जुरी समयको अन्तिममा गोलकिपर एलिसोन बेकरले लिभरपुललाई बराबरीबाट बचाए । उनले वेष्टब्रुमको पोष्टमा पुगेर लिभरपुलका लागि गोल गरे । कर्नरबाट आएको बेललाई एलिसोनले उत्कृष्ट हेडर गर्दै गोल गर्न सफल भए । यो जितपछि लिभरपुलको शिर्ष चारमा पुग्ने संभावना कायमै रहेको छ । उसको ३६ खेलमा ६३ अंक भएको छ ।
अब लिभरपुललाई शिर्ष तीनमा पुग्नका लागि बाँक्ी दुई खेल जित्नुपर्नेछ भने चेल्सी र लेस्टले बाँकी दुई खेलमा एकमा हार ब्यहोर्नुपर्नेछ ।