नाडाल मड्रिड ओपनकाे फाइनलमा

  • Image नेप्लेज
  • १ जेठ २०७८, शनिवार
  • 712 पटक हेरिएको
नाडाल मड्रिड ओपनकाे फाइनलमा

दोस्रो बरियताका रफायल नाडाल इटालीयन ओपनको फाइनलमा प्रवेश गरेका छन । उनले अमेरीकी खेलाडी रिली ओपेल्कालाई दुई शुन्यको सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।

मड्रिडमा भएको सेमिफाइनलमा नाडालले पहिलो सेट र दोस्रो सेट समान छ चार र छ चारको सेटमा जिते । पहिलो सेटमा दुई दुईको बराबरीको अवस्थामा नाडालले चार ब्रेक पोइन्ट सेभ गरेका थिए । त्यसपछि उनले ओपेल्काको सर्भिस ब्रेक गरे ।

३४ बर्षे नाडालले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै छ चारले सेट जिते र फाइनलमा स्थान बनाए । अब उनले उपाधिका लागि नोभाक जोकोभिच र इटालीयन खेलाडी लोरेन्जो सोनेगोविचको विजेतासँग खेल्नेछन ।

सम्बन्धित खबर