जर्मन बुन्डेस लिगाको उपाधि जितिसकेको बार्यनले फ्रेइबर्गसँग दुई दुई गोलको बराबरी खेलेको छ । यो खेलमा बार्यनका लागि एक गोल गरेको रोबर्ट लेवान्दोस्कीले ४९ बर्ष पुरानो गर्ड मुलरको कीर्तिमानमा बराबरी गरेका छन । लेवान्दोस्कीले एकै सिजनमा धेरै गोल गर्ने मुलरको रकेर्डलाई बराबरी गरेका हुन ।
लेवान्दोस्कीले सन् १९७२ मा बुन्डेसलिगामा एकै सिजनमा ७७ मिनेटको एभेरेजमा ४० गोल गरेका थिए । लेवान्दोस्कीले यो सिजनमा २८ खेलमा ४० गोल पुरा गरेका छन । उनको गोलको एमरेज ५८ मिनेट रहेको छ ।
बुन्डेसलिगामा लेवान्दोस्कीले पछिल्ला १९ खेलमा १८ गोल गरेका छन । उनले पछिल्ला १९ खेलमा गोल गर्न नसकेको टिम हेर्था बर्लिन रहेको छ ।
लिगमा ४० औं गोल गरेर मुलरको कीर्तिमानी बराबरी गरेपछि उनले त्यसको खुसीपनि विशेष रुपमा मनाएका छन । उनले मुलरको अनुहार भएको टिसर्टलाई देखाएर खुसी मनाएका थिए ।
खेलसकिएपछि सबै खेलाडी र स्टाफले गार्ड अफ अनर पनि दिएका थिए । पोल्याण्डका अन्तराष्ट्रिय खेलाडी लेवान्दोस्की एकै सिजनको लिगमा ४० गोल गर्ने सन् २०१५ पछि पहिलो खेलाडी बनेका छन । यसअघि स्वारेजले सन् २०१५ र १६ को सिजनमा एकै लिगमा सो गोल गरेका थिए ।
बुन्डेस लिगको उपाधि बार्यनले यसअघि नै लगातार नबौंपटक जितिसकेको छ ।