अमेरीकी टेनिस खेलाडी सेरेना विलियम्स करियरको एक हजारौ खेलमा पराजित भएकी छिन । इटालियन ओपनमा बुधबार राती भएको खेलमा सेरेना अर्जेन्टिनी खेलाडी नादीया पोडोरोस्कासँग पराजित भइन ।
गत फेब्रेवरीपछि पहिलो प्रतियोगिता खेलेकी सेरेना नादीयासँग दुई शुन्यको सोझो सेटमा पराजित भइन । नादियाले सेरेनालाई पहिलो सेटमा सात छ को जित निकालिन भने दोस्रो सेटमा सात पाँचले विजयी भइन ।
२३ पटककी ग्राण्डस्लाम विजेता सेरेनालाई हराएकी नादिया अन्तिम १६ मा पुगेकी छिन ।
यस्तै अर्को खेलमा जापानी खेलाडी नाओमी ओसाकापछि पराजित भएकी छिन । उनी अमेरीकी खलाडी जेसिका पेगुलासँग सात छ र छ दुईको सेटमा पराजित भइन । उनको यो क्ले कोर्टमा लगातार दोस्रो हार हो ।
यसका साथै उनलाई फ्रेन्च ओपनको तयारीमा पनि धक्का लागेको छ । यस्तै सिमोना हालेपले चोटका कारण प्रतियोगिता छोडेकी छिन ।