पीएसजी फ्रेन्च कपकाे फाइनलमा

  • Image नेप्लेज
  • ३० वैशाख २०७८, बिहिवार
  • 416 पटक हेरिएको
पीएसजी फ्रेन्च कपकाे फाइनलमा

पेरीस सेन्ट जर्मेन फ्रेन्च कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टेपिलेरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान बनायो ।

खेलको निर्धारीत समय दुई दुई गोलको बराबरीमा सकिएको थियो । त्यसोत पीएजीले खेलमा दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको १० औं मिनेटमा नै केलियन एम्बाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो ।

तर ४५ औं मिनेटमा मोन्टेपिलेरका लागि फेरीको पासमा लार्बोडीले गोल गर्दै खेल पहिलो हाफमा एक एक गोलको अवस्थामा टुगिंयो । दोस्रो हाफमा पनि दुबै टिमबाट एक एक गोल भयो । खेलको ५० औं मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी दुई एकले अगाडी रह्यो । एम्बाप्पेको यो सिजनको यो ३९ औं गोल थियो । तर ८३ औं मिनेटमा डेलोर्टले फेरी मोन्टेपिलेरलाई बराबरीमा पुर्याए ।

त्यसपछि पेनाल्टीमा पुगेको खेलमा मोन्टेपिलेरका लागि जुनीयर साम्बियाले अवसर गुमाउँदा पीएसजीका लागि मोइसे कियनले विजयी गोल गरे । प्रतियोगिताको फाइनल १९ मे मा हुनेछ । जसमा पीएसजीले चौथो डिभिजनको क्लव भिलिरेज वा मोनाको मध्य एकसँग खेल्नेछ ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment