युभेन्टसकाे जितमा राेनाल्डाेकाे नयाँ रेकर्ड

  • Image नेप्लेज
  • ३० वैशाख २०७८, बिहिवार
  • 322 पटक हेरिएको
युभेन्टसकाे जितमा राेनाल्डाेकाे नयाँ रेकर्ड

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए मा नयाँ इतिहास बनाएका छन । बुधबार राति भएको खेलमा सासुओलोविरुद्ध तीन एकको जित निकाल्दा रोनाल्डोले रेकर्ड बनाएका छन ।

रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पुरा गर्ने रेकर्ड बनाएका हुन । घरेलु मैदानमा भएको खेलको २८ औं मिनेटमा राबियोटको गोलमा युभेन्टसले अग्रता बनाएका थिए । त्यसपछि ४५ औं मिनेटमा रोनाल्डोले टिमको अन्तर दुई शुन्यमा पुरयाए । त्यो गोल उनको सिरी ए मा एक सयौं गोल भएको हो । सासुओलोका लागि ५९ औं मिनेटमा अन्तर कम गरेका थिए । उसका लागि ५९ औं मिनेटमा रास्पदोरीले गोल गरेका थिए । तर ६६ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई तीन एकको जित दिलाए ।

रोनाल्डोले एक सय ३१ औं खेलमा एक सय गोल पुरा गरेका छन । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे । यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए । जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए । यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन । उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।

यसका साथै पाउलो डिबालाले पनि युभेन्टसका लागि एक सय गोल पुरा गरेका छन । उनी यूरोप बाहिरबाट गोलको शतक लगाउने पहिलो खेलाडी बनेका छन ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment