काठमाडौं । आयोजक स्पेन र जर्मनीबीचको पहिलो क्वाटरफाइनलको खे ल अतिरिक्त समयमा थकेलिएको छ।
निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा फ्लोरियन विर्ट्जले गोल गरेपछि युरो कपअन्तर्गत स्पेनविरुद्धको खेल अतिरिक्त समयमा धकलेलिएको छ।
एमएचपी एरेनामा जारी खेलमा दुवैले निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी खेलेका हुन्। स्पेनका ड्यानी ओल्मोले खेलको ५१औं मिनेटमा गोल गरेका थिए। तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फ्लोरियन विर्ट्जले गोल गर्दै खेल अतरिक्त समयमा पुर्याए।