गोलविहीन रोनाल्डोले फ्रान्सको सामना गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 765 पटक हेरिएको

काठमाडौं । युरो कपअन्तर्गत चार खेलमा कुनै पनि गोल नगरेका पोर्चुगलका कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो फ्रान्सविरुद्ध मैदान उत्रिँदा उक्त खडेरी तोड्ने लक्ष्यमा हुनेछन्।

समूहचरणका तीन र अन्तिम १६ को खेलसम्म उनले कुनै गोल गरेका छैनन्। समूहचरणको पहिलो खेलमा चेक रिपब्लकविरुद्ध २–१ गोलले विजयी हुँदा रोनाल्डो गोलविहीन बनेका थिए। 

दोस्रो खेलमा टर्कीविरुद्ध ३–० ले पोर्चुगल विजयी हुँदा तेस्रो गोलको लागि ब्रुनो फर्नान्डेसलाई उनलेपास उपलब्ध गराएका थिए। समूहचरणको अन्तिम खेलमा जर्जियासँग पोर्चुगल २–० ले पराजित हुँदा खेलको ६६औँ मिनेटमा उनले मैदान छाडेका थिए। 

अन्तिम १६ को खेलमा स्लोभानियाविरुद्ध १०५औँ मिनेटमा उनले पेनाल्टीमार्फत गोल गर्ने अवसर पाएका थिए। तर, उक्त पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्। 

क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध मैदान उत्रिता उक्त खडेरी तोड्ने अनुमान गरिएको छ। यसअघि अघिल्लो संस्करणको युरो कपको समूहचरणको खेलमा रोनाल्डोले फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गरेका थिए। 

युरो कप २०२४ आफ्नो करियरको अन्तिम प्रतियोगिता हुने उनले बताएका छन्। विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडीमध्येका एक ३९ वर्षीय रोनाल्डोले कीर्तिमानी छैटौं पटक युरोकपमा सहभागिता जनाइरहेका छन्। 

स्लोभेनियाविरुद्ध जित हात पारेपछि रोनाल्डोले भने, ‘यो मेरो अन्तिम युरोपियन च्याम्पियनसिप हो। यसमा म भावुक छैन। यो खेलले मलाई सबथोक दिएको छ।’

रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले युरोकपमा कीर्तिमानी १४ गोल गरेका छन्। उनले आफ्नो मुख्य उदेश्य समर्थकलाई खुसी बनाउनु रहेको बताएका छन्।

स्लोभेनियाविरुद्धको खेलमा अतिरिक्त समयमा पेनाल्टी रोकेपछि उनले भावुक हुँदै भनेका थिए, ‘फुटबलको दुनियाँ छोड्ने कुरा होइन। मैले गर्न वा जित्नका लागि अरू के नै बाँकी छ र? यदि मैले कम वा बढी अंक प्राप्त गरें भने पनि यसले कुनै फरक पार्दैन।’

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey