आर्मी टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 1654 पटक हेरिएको

नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो। तेश्रो स्थानको एपीएफले ५ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा¥यो। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुषमा आर्मीका विजय सिन्जाली तथा महिलामा प्रहरीकी निमा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए। सान्डाको पुरुषमा एपीएफका रोहित चुनारो तथा महिलामा आर्मीकी एलिना चौधरी उत्कृष्ट खेलाडी चुनिए।

विजेतालाई राखेपका सदस्य एवं आयोजक महासंघका अध्यक्ष जनक बर्तौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगतामा ५ प्रदेश र ३ विभागीय गरी ५ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal