चन्द्रमालाई दोहोरो स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 389 पटक हेरिएको

चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा÷पुड्का महिलाको १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् ।

चन्द्रमाले १ सय मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोश्रो तथा अमृता बाँस्तोला तेश्रो भइन् । २ सय मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोश्रो र तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको व्हीलचेयर पुरुष १ सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए । उनले २६.७६ सेकेन्ड समय लगाए । सविन थापा दोश्रो तथा सन्तोष कार्की तेश्रो भए । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्ड समयमा पहिलो भइन् । बविता फुयाल दोश्रो तथा प्रतिक्षा माझी तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा÷पुड्का पुरुष २ सय मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३.८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षेत्री तृतीय स्थानमा रहे । सो स्पर्धाको पुरुष १ सय मिटर दौडमा भने खुर्शेदले बाजी मारे । उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय   गर्दै पहिलो भए । लालबहादुरले दोश्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेश्रो भए ।

पूर्ण दृष्टिविहीनको पुरुष १ सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५.९५ सेकेन्ड समय खर्चे । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कांस्य हात पारे । उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोश्रो तथा रेणुका तामाङ तेश्रो भए ।

अल्प दृष्टिविहीनको पुरुष १ सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए । उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे । सुवास सुनार दोश्रो तथा दावा स्याङबु शेर्पा तेश्रो भए । त्यसै स्पर्धाको महिलामा दिलसरा धमला १८.१० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहन् ि। सरिता घिमिरे दोश्रो तथा पवित्रा धामी तेश्रो बने । क्रचेचतर्फ पुरुष १ सय मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए । उनले २६.६८ सेकेन्ड समय निकाले । गिरीराज थापा दोश्रो तथा हरिबहादुर गुरुङ तेश्रो भए । सामान्य अपाङ्गको पुरुष १ सय मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते । हिक्मत थापा मगरले रजत तथा नागेश जोशीले कांस्य प्राप्त गरे ।

बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको १ सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६.५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोश्रो तथा कृष दुवाल तेश्रो भए । सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५.०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोश्रो तथा समिक्षा सिल्पकार तेश्रो भए । बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष १ सय मिटर दौडमा अदित वज्राचार्यले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे । शक्ति तिमल्सेना दोश्रो तथा सुशन बुयो तेश्रो बने । उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो बनिन् । आस्मा वज्राचार्य दोश्रो तथा लोजिना खरेल तेश्रो भए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey