दोलखामा खेलकुद विमोचन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 553 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन्।

सो अवसरमा सदस्य–सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गर्दै आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी २ पुस्तक प्रकाशको तयारी भइरहेको बताए। पूर्व मन्त्री बस्नेतले व्यक्तिसंगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन्।

लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey