नवीन तेक्वान्दोका सातौं डान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 578 पटक हेरिएको

काठमाडौं । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् ।

श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास तेक्वान्दो पुम÷डान प्रमोसन एक्जामिनर कोर्ष पनि उत्तीर्ण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई तीनै कोर्षको प्रमाण पत्र प्रदान गरे ।

श्रेष्ठले भियतनाममा भएको २३ औं एसियाली तेक्वान्दो÷पाँचौं तेक्वान्दो पुम्से च्याम्पियनसिप÷चौथो एसियाली पारा खुला तेक्वान्दो, इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद, युकेमा भएको म्यान्चेसटर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी– २ लगायत १५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । १५ प्रतियोगिता मध्ये श्रेष्ठले २ प्रतियोगितामा उत्कृष्ट निर्णायको अवार्ड जितेका थिए । उनले जोर्डन र पाकिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जितेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey