विद्यालय खेलकुदसँग बक्सिङको साझेदारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०६
  • |
  • 305 पटक हेरिएको

विद्यालय खेलकुदमा बक्सिङ खेलको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल बक्सिङ महासंघले नेपाल विद्यालय खेलकुद महासंघसंग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा बक्सिङ खेलको विकास र प्रवद्र्धन गर्ने लक्ष्यसहित बक्सिङ महासंघले विद्यालय खेलकुद महासंघसंग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बक्सिङ महासंघका अध्यक्ष राम अवाले र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को प्रतिनिधिको रुपमा आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार विद्यालय खेलकुदको अभियानमा बक्सिङ महासंघ साझेदार संस्थाको रुपमा रहने सहमती छ । सम्झौता अनुसार विद्यालय खेलकुदमा बक्सिङ खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey