सोसियडाडमाथि रियल मड्रिडको कठिन जीत
- एजेन्सी
- |
- २०८१-०१-१५
- |
- 566 पटक हेरिएको
स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि रियल मड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ ।
त्यसैगरी एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।