लामोसाँघुमाथि प्याराडाईजको पुनरागमन जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 1045 पटक हेरिएको

लामोसाँघु । प्याराडाईज युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी शुरूआत गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेलमा बिहीबार भएको दोस्रो खेलमा लामोसाँघु फुटबल क्लबमाथि २-४ को पुनरागमन जित हासिल गरेको हो।

प्याराडाईजको पुनरागमन जित अजय तामाङ, मिलन श्रेष्ठ, रेजन श्रेष्ठ र रोहन तामाङले समान १/१ गोल गरे। यता लामोसाँघुका लागि लाक्पा तामाङ र दिलीप तामाङले गरेको गोल सान्त्वना बन्यो।

खेलमा लामोसाँघुका लागि १४औँ मिनेटमा लाक्पाले गोल गर्दै खेलमा शुरूआती अग्रता दिलाएका थिए। तर त्यसको एक मिनेटमै अजय तामाङले गोल गरेपछि खेल १-१ को बराबरी अवस्थामा ल्याए। 

पहिलो हाफमा १-१ को बराबरी खेलेको प्याराडाईजले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो। 

खेलको ६०औँ मिलन श्रेष्ठले गोल गर्दै प्याराडाईजलाई २-१ को अग्रता दिलाए। त्यसपछि ७६औँ मिनेटमा रेजन गोल गरेपछि प्याराडाईजले ३-१ को अग्रता बनायो।

८७औँ मिनेटमा रोहनले पेनाल्टीमार्फत गोल गर्दै प्याराडाईजलाई ४-१ को अवस्थामा पुर्‍याए। ९०औँ मिनेटमा दिलीप तामाङ पेनाल्टी गोल गरेपछि खेल ४-२ को अवस्थामा आयो। 

यसपछि बाँकी समय थप गोल नहुँदा प्याराडाईजले ४-२ को जित हासिल गर्दै समूह सी मा महत्त्वपूर्ण ३ अंक जोडेको छ।

यस्तै, आजै भएको पहिलो खेलमा रमित तामाङको ह्याट्रिक गोलमा बाह्रदेवी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी शुरूआत गरेको थियो। बाह्रदेवीले श्री राइजिङ यूथ क्लबलाई ३-० ले पराजित गरेको हो।

जारी सिजनको लिगमा जिल्लाका १२ वटा क्लब सहभागी रहेका छन्। जसलाई ४ समूहमा विभाजन गरिएको छ।

लिगको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने महासचिव सुवास लामाले जानकारी दिए।

लिगको खेलहरू बैशाख १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ। १९ गते प्लेअफ, २० गते सेमिफाइनल र २२ गते फाइनल खेल हुनेछ। आयोजकका अनुसार लिगमा सहभागी हुने सबैको टिमको इन्स्योरेन्स गरिएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey