बीपी स्मृति खुला राष्ट्रिय सान्डामा एपीएफ टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 346 पटक हेरिएको

नेपाल एपीएफ क्लबले प्रगम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको    छ । एपीएफले ५ स्वर्ण र २ रजत जित्यो ।

दोश्रो भएको नेपाल प्रहरीले ५ स्वर्ण र २ कांस्य हात पार्‍यो । तेश्रो स्थानको नेपाल आर्मीले ६ रजत र ४ कांस्य हात पार्‍यो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा प्रहरीकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ललितपुरमा भएको दुईदिने प्रतियोगितामा करिब १ सय खेलाडी सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey