अभिलाषा र सुनिरा फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 307 पटक हेरिएको

अभिलाषा विष्ट र सुनिरा थापा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा अभिलाषाले आध्या पौडेललाई ६-१ र ६-२ तथा सुनिराले समृद्धि महर्जनलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे । प्रदीपले प्रणव खनाललाई ६-३ र ६-२ तथा प्रणवले ऋतिक राणालाई ७-५ र ७-६ को सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप खड्का र महिका राणाको जोडीले आइशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६-२ र ७-५ तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६-० र ६-१ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६-० र ६-१ तथा सन्तोष खत्रीले अनिल साइलाई ६-२ र ६-३ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाहको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २-६, ६-३ र ११-९ तथा कमल थापा र छ्याम्बा धुन्डुपको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६-२ र ६-३ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ र सिमान्त गुरुङको जोडीले सन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६-४, ३-६ र १०-४ तथा जितेन्द्र परियार र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडीलाई ७-६ र ६-३ ले हराउदै फाइनलमा पुगे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey