वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 282 पटक हेरिएको

काठमाडौं । वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् ।

नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् । यसक्रममा उनी पोखरा जानेछिन् । पोखरामा शनिबार २०२४ एसियनकप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ ।

यसमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ र यो वर्ल्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेको छ । नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ ।

वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ र उनी शुक्रबार काठमाडौं आइपुग्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले अध्यक्ष कासाडोको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेका थिए । वर्ल्ड ट्रायथलनको मुख्यालय स्विटजरल्यान्डको लुसानमा रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey