राष्ट्रिय उमेर समूहको बुद्धिचाल प्रतियोगिता सम्पन्न 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 934 पटक हेरिएको

वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासङ्घको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल सङ्घ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट यूथ एन्ड क्याडेट नेशनल चेस च्याम्पियनसिप बुधवार सम्पन्न भएको हो । 

प्रतियोगितामा १८ वर्ष मुनितर्फ पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितीय र शुभम् श्रेष्ठ तृतीय भएका छन् । १६ वर्ष मुनीतर्फ अनुष्ण  गौतम प्रथम, आद्यन्त काफ्ले द्वितीय  क्षितिज सेन तृतीय भएका छन् । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितीय र कशिव कार्की तृतीय भएका छन् । १२ वर्ष मुनीतर्फ अबिन पाण्डे प्रथम, ओसकार पन्थी द्वितीय र सरल मैनाली तृतीय भएका छन् । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु प्रथम, काठमाण्डौका हार्दिक पन्त द्वितीय र साहस श्रेष्ठ तृतीय भएका छन् । ८ वर्ष सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितीय र आगमन ठकुरी तृतीय भएका छन् । 

त्यसैगरि छात्रा अन्तर्गत  १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ विजेता र साक्षी साह उपविजेता बनेका छन् । १६ वर्ष मुनि पूर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितीय र विनीता प्रजापति तृतीय भएकी छन् । १४ वर्ष मुनीतर्फ स्नेह कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनी बिबिशा तामाङ विजयी हुँदा अग्रवाल उपविजेता बनेकी छन् । १० वर्ष मुनी  इसा गिरी प्रथम, सिम्रन गुरुङ द्वितीय र कृतिमा तिमिल्सीना तृतीय भएका छन् ।  ८ वर्ष मुनीतर्फ अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छन् । 

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने आफ्नो धारणा छ ।  

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय राजु ताम्राकारले सदस्य सबै उमेर समूहका विजेताहरू आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने बताएका छन् । 

वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालगन्ज, बुटवल, मोरङ, काठमाडौँ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey