एपीएफ मिल्स गोल्डकपको फाइनलमा  

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 428 पटक हेरिएको

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । 

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा एपिएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लब टाइब्रेकरमा २–० गोल फरकमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । 

टाइब्रेकरमा एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङ गोल गर्न चुके । झापाका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार व्यहोर्नु प¥यो । प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक सुजन बिकले ३ हजार रुपैयाँ प्राप्त गरे । खेलमा दुवै टोलीबाट गोलका धेरै अवसर पाउँदा सदुपयोग गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गर्नु प¥यो । 

खेल सुरु भएको २९ औं मिनेटमा झापाका मिरक लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा झापाका खेलाडीले डिबक्सभित्र एपिएफका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी भएको थियो । एपिएफले पाएको पेनाल्टीमा हरि कार्कीले गोल गरेका थिए । 

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey