दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 211 पटक हेरिएको

लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता एप्रिल ६ मा (international day of sports for development and peace) दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल भने दुई दिनमा हुनेछ र शुक्रबार सुरु हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

त्यस दौडमा पुरुष म्याराथनसँथै हाफ म्याराथन महिला, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिस्पर्धा हुनेछ । म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यसमा पहिलो हुनेले पाँच, दोस्रो हुनेले तीन र तेस्रो हुनेले दुई लाख रुपैंया प्राप्त गर्नेछन् ।

यस्तै चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैंया हात पार्नेछ । महिला हाफ म्याराथनतर्फ पहिलोले दुई, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैंया जित्नेछन् । पाँच किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैंया प्रदान गरिनेछ ।

यस्तै पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्समा पनि शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार,१० हजार र पाँच हजार रुपैंयाको पुरस्कार व्यवस्था गरिएको छ । फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थिति चिनिया राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी खेलकुद परिषदको आयोजनामा हुन लागेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey