नेपाललाई दोस्रो सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 205 पटक हेरिएको

वेस्टइन्डिज ए विरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ । दोस्रो सफलता नेपालले रनआउटको मार्फत गरेको हो । वेस्टइन्डिजका आन्द्रे फ्लेचर ५ बलमा १३ रन बनाएका बेला रनआउट भएका हुन् । उनलाई कप्तान रोहित पौडेल र विकेटकिपर अनिल साहले रनआउट गरेका थिए । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । लामोसमयपछि कमब्याक गरेका कमलसिंह ऐरीले पहिलो ओभर लिएर आएका थिए ।

सुरुमै नो बल गरेपछि लगातार दुई पटक वाइड बल गरेका थिए । दोस्रो बलमा चौका खाएका थिए भने त्यसपछिको बलमा एलिक एथनाजेबाट छक्काको सामना गरेका थिए । त्यसपछि २ रन जोडेका एथानाजे पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीबाट बोल्ड आउट भएका थिए ।

वेस्टइन्डिजले लगातार नेपाली बलरमाथि दबाब बनाइरहेको छ । चार ओभर सकिँदा वेस्टइन्डिजले २ विकेट गुमाएर ५० रन बनाएको छ । अहिलेको अवस्थामा रन बन्दा नेपालले २५० भन्दा माथिको रन चेस गर्नु पर्ने छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey