राजस्थान र दिल्ली भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 245 पटक हेरिएको

काठमाडौँ । १७औँ संस्कराण्को इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुँदै छ। 

राजस्थान रोयल्सको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुनेछ।

जारी सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेल जितेर सुखद शुरुवात गरेको छ भने दिल्लीले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ।

राजस्थानले अघिल्लो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो भने दिल्ली आफ्नो पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको थियो।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ। राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो।

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ। दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन्। 

दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो। 

गएराति सम्पन्न खेलमा मुम्बईमाथि सनराइर्जस हैदराबादले रोमाञ्चक जित निकालेको थियो। निकै रोमाञ्चक खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो । 

आइपीएलको इतिहासमा अहिलेसम्मकै २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनाउन सक्यो। यसअघि हैदराबादले पहिला ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा २७७ रन बनाएको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey