नटिङ्घम फरेस्टलाई कारबाही

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-०६
  • |
  • 193 पटक हेरिएको

एजेन्सी । नटिङ्घम फरेस्टलाई इंग्लिस प्रिमियर लिगले कारबाही गरेको छ।

नटिङ्घमले लिगको फाइनान्सियल नियम उल्लघंन गरेको भन्दै प्रिमियर लिगले कारबाही स्वरुप ४ अंक घटाएको हो। 

२०२३ को सिजनपछि लिगको प्रोफिट एन्ड सस्टेनेबिलिटी नियमविपरित क्लबले जुन ३० पछि २२ वर्षीय विंगर ब्रेनान जोन्सनलाई ६० मिलियन डलरमा टोटनह्यामलाई बेचेको थियो। सोही विषयमा नटिङ्घममाथि अनुसन्धान हुँदै आएको थियो।

लिगले कारबाही गरेसँगै नटिङ्घम रेलिगेशन जोनमा धकेलिएको छ। २९ खेलबाट ६ जित र ७ बराबरीबाट नटिङ्घमले २५ अंक जोडेको थियो। कारबाहीपछि ४ अंक घट्दा अब उसको २१ अंक हुने छ। नटिङ्घम एक स्थान तल झर्दै १८औँ स्थानमा रहने छ। 

नटिङ्घमलाई कारबाही भएसँगै लुटन टाउनले राहत पाएको छ। २२ अंक जोडेको लुटन रेलिगेशन जोन छाड्दै १७औँ स्थानमा उक्लिएको छ। रेलिगेशन जोनमा रहेका नटिङ्घम र बर्नेलीले जारी सिजनमा ८/८ खेल खेल्न बाँकी छ।

अंक तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडले ९ खेल खेल्न बाँकी छ। नटिङ्घमले यस कारबाहीविरुद्ध अपील गर्ने कि नगर्ने विचार गरिरहेका छ।

यसअघि एभर्टनले पनि ६ अंकको जरिबाना भोगेको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey