जापानमा उकेश र टार्जनलाई काश्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 168 पटक हेरिएको

२० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।

जापान वाटाको आयोजनामा भइरहेको सो प्रतियोगितामा टार्जन .कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक जित्नुभएको हो । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गर्नुभएको थियो । २४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ ।

यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्नुहुनेछ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने भनाइ राख्नुभएको छ ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey