श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज बंगलादेशलाई

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-१२-०६
  • |
  • 167 पटक हेरिएको

बंगलादेशले श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सिरिज बंगलादेशले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

सोमबार चटगाउँमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाको टोली ५० ओभरमा २३५ रनमा अलआउट भएको थियो । जवाफमा बंगलादेशले ४०.२ ओभरमा ६ विकेट गुमाएर खेल जितेको थियो । पहिला ब्याटिङ गर्दा श्रीलंकाका जनिथ लियानागेले नटआउट शतकीय पारिको मद्दतले २३५ रन बनाएको थियो ।

खराब सुरुआत गरेको श्रीलंकालाई मिडिल अर्डरमा जनिथले चरिथा असंलकाले केही सम्हालेका थिए । अन्य खेलाडीको प्रदर्शन त्यति खास भने रहेन । लियानागले २ छक्का र ११ चौकाको मद्दतले नटआउट १०१ रन बनाए । यस्तै, चरिथा असलंकाले ३७ रन बनाउँदा कप्तान कुसल मेन्डिसले २९ रनको पारि खेले । महेश तिक्षणाले १५ तथा सदिरा समरविक्रमाले १४ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाएनन् ।

 बंगलादेशका तक्सिन अहमदले सर्वाधिक ३ विकेट लिँदा मेहदी हसन र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।

२३६ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली बंगलादेशले ४०.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । अनमुल हक र तनजिद हसनले राम्रो सुरुआत दिलाएका थिए । अनुमल १२ रन बनाएर आउट भए भने तनजदिले ८४ रनको आकर्षक पारि खेले र यसैगरी मुस्फिकुर रहिमले नटआउट ३७ रन बनाउँदा रिसाद होसेनले ४८ रनको नटआउट पारि खेले पछि सहज जित निकाल्न सफल भयो । मेहदी हसन २५ तथा टोहिद हेरिदो २२ रनमा पभेलियन फर्किएका थिए । श्रीलंकाका लहेरु कुमाराले ४ विकेट लिँदा वानेन्दू हसरंगाले २ विकेट हात पारे । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey