सिन्धुपाल्चोक जिल्ला लिग : मनजीतको ह्याट्रिकसहित ४ गोलमा धार्पाको सहज जितमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 540 पटक हेरिएको

लामोसाँघु । मनजीत गिरिको ४ गोलको सहयोगमा धार्पा युथ क्ल्बले सिन्धुपाल्चोक जिल्ला लिग सहज जित हासिल गरेको छ। 

लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा श्री राइजिङ युथ क्लबलाई धार्पाले ०-५ ले पराजित गरेको हो।

धार्पाको जितमा मनजीत गिरिले ४ गोल गर्दा अमृत माझिको नाममा १ गोलरह्यो। 

एकतर्फी बनेको खेलमा धार्पाको लागि १८औँ मिनेटमा मनजीतले पहिलो गोल गरे। यस्तै ३५औँ र ४०औँ मिनेटमा गोल गर्दै मनजीतले ह्याट्रिक पूरा गरे। पहिलो हाफमै ३-० को अग्रता बनाएको धार्पाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो। 

६०औँ मिनेटमा पुन मनजीतले पेनाल्टीमा गोल गर्दै धार्पाको लागि ४-० को अग्रता दिलाए। यो सँगै मनजीत ४ गोलसहित जारी लिगमा सर्वाधिक गोल कर्ताको शीर्ष स्थानमा रहेका छन्। 

यस्तै ९०औँ मिनेटमा अमृतले गोल गरेपछि खेलमा धार्पा ५-० ले विजयी भयो। 

जितसँगै समूह ‘बी’ मा धार्पा युवा क्लब ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यस्तै पराजित श्री राइजिङ यूथ क्लब भने लगातार दोस्रो खेलमा पराजय ब्यहोर्दै कुनै अंक जोडेको छ। पहिलो खेलमा जित हासिल गरेको बाह्रदेवी यूथ क्लबको ३ अंक रहेको छ।।

यस्तै शनिबार नै हुने दिनको दोस्रो खेलमा लामोसाँघु फुटबल क्लबले योङ्ग जेनेरेसन युथ क्लबको सामना गर्नेछ। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey