पुरूष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 47 पटक हेरिएको
पुरूष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ ।

कालुन्चोक मैदानमा शनिबार विहान भएको पहिलो खेलमा गण्डकीले एनआरएनएलाई ५ विकेटले हराउँदै महत्वपूर्ण २ अंक जोड्यो ।

टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध पहिला ब्याटिंग गर्दै एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।

एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा ५ चौका प्रहार गरे । त्यस्तै नविन तामाङले २३ बलमा २६ रन र आदित्य महताले १४ बलमा २३ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कप्तान कमलसिंह ऐरी ७ रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक ५ रनमा अविजित रहे । १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

गण्डकीका लागि ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाए । त्यस्तै अविजित रहेका वंश क्षेत्रीले २७ बलमा ३ चौकासहित २९ रनको महत्वपूर्ण पारी खेले । सिब्रिन श्रेष्ठले १३ बलमा २४ रन र सन्दीप खत्री क्षेत्रीले ९ बलमा १४ रन जोड्दै गण्डकीको जितलाई सहज बनाए । रोहित चन्द १ रनमा अविजित रहे ।

गण्डकी प्रदेश यसअघि समूह चरणको पहिलो खेलमा मधेससंग ७ विकेटले पराजित भएको थियो ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment