पुरुष क्रिकेटमा विभागीय टोलीका प्रभाव

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 84 पटक हेरिएको
पुरुष क्रिकेटमा विभागीय टोलीका प्रभाव

सुर्खेत । दीपक बोहराको कप्तानीपूर्ण अर्धशतकीय पारीमा सशस्त्र प्रहरीको एपीएफ क्लवले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोश्रो दिनको तेश्रो खेलमा विजयी शुरुवात गरेको छ । कालुन्चोक मैदानमा टस हारेपनि पहिला ब्याटिंग पाएको विभागीय टोलीले कोशी प्रदेशमाथि ११ रनको जीत आत्मसाथ गर्दै २ अंक बटुलेको हो ।

 एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाउँदा बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ५७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सुमित महर्जनले २१ बलमा २८ रन तथा अमर सिंह रौतेलाले १३ बलमा १६ रनको योगदान दिए ।

१५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै कृतिक कामतले ३८ बलमा २७ रन तथा समीर कार्कीले ७ बलमा ११ रन बनाए । एपीएफका बलरमध्ये अमर सिंह रौतेलाले ३ विकेट लिए भने अभिनाश बीले २ विकेट हात पारे । भुवन कार्की, सन्तोष यादव र प्रज्ज्वल शाहले पनि १–१ विकेट लिए ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment