सुर्खेत । शनिवार नेपाल पुलिस क्लव र गण्डकी प्रदेशविच भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई ०—१ गोल अन्तरले पराजित गरी जित हासिल गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल पुलिसका तर्फबाट एकमात्र गोल खेलको पहिलो हाफको अतिरिक्त समय ४६ औं मिनेटमा सुजन बलाम्पाकी मगरले गरेका थिए।
५ वटा पहेँलो कार्ड देखाइएको उक्त खेलमा नेपाल पुलिसका ३ जना र गण्डकी प्रदेशका २ खेलाडीले पहेँलो कार्ड पाएका थिए । नेपाल पुलिसका शिशिर चौधरी, संजीव लामा र अभिषेक लामा तथा गण्डकीका रन्दिप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।
गण्डकीलाई पराजित गरेको नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतवार दुई वटा खेल हुनेछन् । पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेल बाग्मती प्रदेश र लुम्बिनी प्रदेशविच हुनेछ ।