सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३×३ महिला बास्केटबलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपीएफलाई एक अंकले पछि पार्दै फाइनल यात्रा तय गरेको हो।
फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एक पदक सुनिश्चित गरेको छ।
कर्णालीको यस सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल होस् भन्दै खेलाडीहरूको हौसला समेत बढाएका छन्।