राइजिङ स्टार्सः पाकिस्तान १६८ रनमा अलआउट, राशिद खानले लिए पाँच विकेट

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 47 पटक हेरिएको
राइजिङ स्टार्सः पाकिस्तान १६८ रनमा अलआउट, राशिद खानले लिए पाँच विकेट

काठमाडौं । एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले पाकिस्तान ‘ए’ विरुद्ध ५ विकेट लिएका छन् । उनले ७ ओभर १ बल बलिङ गर्दा ३४ रन खर्चेर ५ विकेट लिएका हुन् । उनले पहिलो ओभरको पाचौँ बलमा श्यमल हुसेनलाई आउट गरे ।

त्यसैगरी, ४ ओभर ६ बलमा माज शदाकत, ६ ओभर ४ बलमा हैदर अली, ३८ ओभर २ बलमा अहमद दानियाल र ४० ओभर १ बलमा सुफ्यान मोकिमलाई आउट गरे ।

अहिले कतारको राजधानी दोहामा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment