एसिया कपमा नेपालको पहिलो परीक्षा आज, भारतसँग खेल्दै

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 181 पटक हेरिएको
एसिया कपमा नेपालको पहिलो परीक्षा आज, भारतसँग खेल्दै

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले आज भारत ए सँग खेल्दैछ ।

दोहामा हुने यो खेल आज दिउसो ३: ४५ देखि शुरु हुँदैछ ।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

विहिबारदेखि शुरु भएको प्रतियोगितामा समुह ए मा रहेका श्रीलंका र बंगलादेशले विजयी शुरुवात गरेका छन् ।

श्रीलंका ए ले अफगानिस्तान ए लाई ६ विकेटले र बंगलादेश ए ले हङकङलाई ८ विकेटले पराजित गरेका छन् ।

नेपालले समूह चरणमा आज भारत ‘ए’ सँग, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् ।

नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment