दशौँ राष्ट्रिय खेलकुद : व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण विजेताले २० हजार पाउने

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 75 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुद : व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण विजेताले २० हजार पाउने

काठमाडौं । कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको बारेमा जानकारी दिन पत्रकार सम्मलेन आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीले २० हजार रुपैयाँ दिइने जनाइएको हो ।

त्यसैगरी, रजत पदक विजेताले १५ हजार रुपैयाँ र कास्य पदक विजेताले आठ हजार रुपैयाँ पाउनेछ । यसका साथै, टिम प्रतिस्पर्धातर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः १५ हजार, १० हजार र आठ हजार प्रदान गरिनेछ । राखेपले यस विधामा रजत र कास्य जित्नेलाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा ३२ खेल समावेश छन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment